तीनकुने घटनाः उच्च न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

काठमाण्डु टुडे २०८१ चैत १५ गते १५:४३ मा प्रकाशित

काठमाण्डू, १६ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो शुक्रबारको काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

आज (शनिबार) बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठनको माग गरेको हो ।

त्यस्तै, रास्वपाले केन्द्रीय समिति बैठक पनि आह्वान गरेको छ । आगामी चैत १८ गते केन्द्रीय कार्यालय, बनस्थलीमा बैठक आह्वान भएको रास्वपाका एक नेताले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us