देउवाको प्रश्नः अहिल्यै यस्तो छ, ज्ञानेन्द्र राजा भए के गर्लान् ?

काठमाण्डु टुडे २०८१ चैत १५ गते १५:११ मा प्रकाशित

काठमाण्डू, १६ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको जिकिर गर्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन ।

आज (शनिबार) लुम्बिनीमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । हिजो (शुक्रबार) तीनकुनेमा भएको हिंसात्मक घटनाक्रमबारेको परिस्थितिबारे चर्चा गर्दै उनले पूर्वराजा शाह संवैधानिक राजा बन्न नसक्ने पनि बताएका छन ।

उनले भने, ‘हिजोको घटना जो काठमाण्डूमा भयो, जसरी पूर्वराजाको नाममा हुलहुज्जत भयो । अराजक तरिकाले धेरै घटना भयो । स्पष्ट भन्नुपर्ने हुन्छ,’ देउवाले भने, ‘यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ? यीनी कहिल्यै पनि संवैधानिक राजा बनेका पनि छैनन् । बन्ने पनि छैनन् ।’

देउवाले अघि थपे, ‘त्यसकारण गणतन्त्रलाई कसैले चाहेर हटाउने पनि छैन । देश एक छ । अहिले देशको परिस्थिति यस्तो भएर मैले यहाँ भन्नुपरेको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us