मतदान हुन नपाउँदै पाटन क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाण्डु टुडे २०८१ चैत १५ गते १४:४७ मा प्रकाशित

काठमाण्डू, १६ चैत– पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन विथोलिएको छ । आज बिहान ८ बजेदेखि मतदान हुने भनेर सूचना जारी गरिएको थियो । तर, दिउँसोसम्म मतदान सुरू नभएपछि मतदानको कार्यक्रम स्थगित भएको हो ।

आजका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो । तर, हिजो राती नै नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका थिए । तालाबन्दीकाबीच मतदान गर्न विद्यार्थीहरू विहानैदेखि लाईनमा बसेपनि दिउँसोसम्म मतदान सुरू हुन नसकेपछि अनेरास्ववियुले कोणसभा गर्दै हार्ने डरले चुनावबाट भाग्न खोजेको आरोप लगाएको छ ।

यसअघि चैत ५ गते १०० भन्दा बढी विद्यार्थीले मतदान गरिसकेपछि मतदान प्रकृया स्थगित भएको थियो । स्थगित भएको मतदान आजका लागि तोकिएको थियो । तर, नेविसंघलगायतका विद्यार्थी संगठनहरूले सुरक्षाको कारण देखाउँद‌ तालाबन्दी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us