नवराज सुवेदीको घरमा प्रहरी तैनाथ, भेटघाटमा रोक

काठमाण्डु टुडे २०८१ चैत १५ गते १३:२१ मा प्रकाशित

काठमाण्डू, १६ चैत– राजसंस्था पुनस्थापनाका लागि संयुक्त अनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको घरमा प्रहरी परिचालन गरीएको छ । हिजो (शुक्रबार) रातिदेखि नै सुवेदीको घरमा प्रहरी पुगेको हो ।

उनको स्वास्थ्य अवस्थाका कारण शुक्रबार राति पक्राउ नगरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई कोहीसँग पनि भेटघाट गर्न दिइएको छैन । ‘केही अत्यावश्यक परेको खण्डमा माथिबाट निर्देशन आएपछि मात्रै भेटघाट दिन्छौं,’ स्रोतले भन्यो, ‘अहिले उहाँसँग कसैलाई भेट्न दिएको छैन ।’

अहिले पनि उनको घर वरपर प्रहरीले निगरानी राखिरहेको छ । शुक्रबार दिउँसो तीनकुनेमा भएको हिंसात्मक आन्दोलन समितिको संयोजक उनै सुवेदी थिए भने कमाण्डर विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us