
काठमाण्डू, १५ चैत– सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ ।
आज काठमाण्डूको तीनकुने क्षेत्रमा भएको आन्दोलनमा प्रसाईंकै नेतृत्वमा अराजक गतिविधि भएको भन्दै सरकारले प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ ।’