
काठमाण्डू, १५ चैत– आज (शक्रबार) काठमाण्डूको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको अहिलेसम्मको विवरणअनुसार घाइते हुनेहरूको संख्या २२ पुगेको ।
जसमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएको प्रहरीले जानकारी दिएको छ । आज भएको आन्दोलनमा राजावादी प्रदर्शन उग्र बनेपछि तोडफोड र आगजनी भएको थियो । सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको थियो ।