
काठमाण्डू, १५ चैत– आज काठमाण्डूमा भएको राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालकातर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन ।
‘आज उजुरी आएको छ । मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका हुन् । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।
आजै प्रसाईंकै कमाण्डमा भएको राजावादी समूहको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो । प्रदर्शन उग्र भएपछि प्रशासन कर्फ्युसमेत लगाएको छ ।