एमाले कार्यालय नजिकै जलाइयो ट्याक्सी

काठमाण्डु टुडे २०८१ चैत १४ गते १७:२८ मा प्रकाशित

काठमाण्डू, १५ चैत– राजावादी प्रर्दशनकारी समुहले सत्ता घटक दल एमालेको मुख्यालय च्यासल नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् ।

तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् । प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी गरेका थिए ।

अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us