
काठमाण्डू, १५ चैत– आज (शुक्रबार) काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई गाली गर्दै गाडीले पेलेर निधेषित क्षेत्र तोडेका थिए ।
आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए । ‘आओ–आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको देखिन्छ । केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए ।
उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाईसमेत अश्लिल गाली समेत गरेका थिए । प्रहरीले उनको गाडी रोख्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए ।
निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो । पहिलो घेरामा रहेको प्रहरीको घेरा तोडेपछि तोडेपछि त्यसपछिका सुरक्षाकर्मी भने डराउँदै उनलाई बाटो छोडेको भिडिओमा देखिन्छ । सोही क्रममा अवस्था तनावग्रस्त बन्दै गयो ।
ठाउँ ठाउँमा तोडफोड र आगजनी समेत भयो । जसकारण जिल्ला प्रशासन कार्यलय काठमाण्डूले राति १० बजेसम्मलाई भन्दै केही स्थानमा कर्फ्युसमेत लगाएको छ ।