
काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब मुलुक पछाडि फर्कन नसक्ने बताएका छन । आज (शुक्रबार) भएको समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।
उनले देश अब वंशको शासनतिर नजाने बताए । त्यसका विरुद्ध आफूहरु उभिने र इतिहास फेरि पछाडि जान नदिने पनि बताएका छन ।
अध्यक्ष नेपालले भने, ‘यो कार्यक्रम त कास्टिङ मात्रै हो, प्रतिगामीहरु होसियार’ अध्यक्ष नेपालले भने, ‘नेपाली जनता कसैको दास बन्न चाहदैन । राजतन्त्र फर्कने कुरा कल्पनै नगरे हुन्छ ।’