तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

काठमाण्डु टुडे २०८१ चैत १४ गते १६:१० मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् ।

तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ । तर उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण प्रयास गरिरहेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us