माओवादी पार्टी कार्यालय छिर्ने प्रयास गर्दै प्रदर्शनकारी

काठमाण्डु टुडे २०८१ चैत १४ गते १६:०५ मा प्रकाशित

काठमाण्डू, १५ चैत– प्रहरीले काठमाण्डूको तीनकुने क्षेत्रबाट तितरबितर पारेर खेदेको राजावादी समर्थक प्रदर्शनकारीहरूले कोटेश्वरमा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

तीनकुनेको प्रदर्शन र सभा बिथोलिए पछि उनीहरू त्यसतर्फ लागेका हुन् । उनीहरूले पेरिसडाँडा आसपास क्षेत्रमा गाडीमा तोडफोड र आगजनी गरेका छन् । जसका कारण सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us