
काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समुहका प्रर्दशनकारीहरुले प्रर्दशन गरी रहेका छन । राजावादी समुहले पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी समेत गरेका छन ।
राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका छन भने एउटा बाइकमा तोडफोड गरेका छन । आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन । प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि गल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो ।
त्यसपछि आक्रोशित भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको थियो । प्रदर्शनकारीले तीनकुनेबाट सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन् ।