काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहहरुले आन्दोलन गरिरहेका छन । राजावादी समुहको आन्दोनको कमान्डर छन विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं ।
उक्त कमान्डर दुर्गा प्रसाई एक निजी गाडीमा चढेर तीनकुनेबाट भर्खरै निस्किएका छन् । त्यसअघि तीनकुनेको एक सटरमा बसिरहेका उनलाई लिन गाडी आएको थियो ।
उनी भर्खरै बीएबी ४२०८ नम्बरको गाडीमा बसेर तीनकुनेबाट निस्किएका छन् । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ ।