कुलमानको बर्खास्तीबारे संसद्‌मा बोल्न प्रधानमन्त्री तयार

काठमाण्डु टुडे २०८१ चैत १४ गते १५:३३ मा प्रकाशित

काठमाण्डू, १५ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसद्‌मा बोल्न तयार भएका हुन ।

यही चैत १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन । यस अधि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले संसदमा जवाफ नदिने भनेर सार्वजनिक मञ्चबाट घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us