राष्ट्रपति भेट्न सितलनिवास पुगे डा. बाबुराम भट्टराई

काठमाण्डु टुडे २०८१ चैत १४ गते १४:४९ मा प्रकाशित

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति भवन सितलनिवास पुगेका छन् ।

आज (शुक्रबार) राष्ट्रपति पौडेलसँग भेटवार्ता भएको डा. भट्टराईले जानकारी दिएका हुन् । ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूसंग राष्ट्रपति निवासमा भेटेर देशको समसामयिक परिस्थितिवारे सम्वाद गर्ने सुअवसर प्राप्त भयो’,भट्टराईले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको प्रमुख अभिभावकको नाताले राष्ट्रपतिमा लोकतान्त्रिक राज्यप्रणालीमा स्वाभाविक रूपमा वेलावखत देखापरिरहने राजनीतिक, आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी सम्वाद र सहमतिबाट हल गरून् र जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरून् भन्ने सदीक्षा रहेको अनुभूति भयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us