शान्तिनगरमा ढलेका व्यक्ति प्रदर्शनकारी नभएको प्रहरीको दाबी

काठमाण्डु टुडे २०८१ चैत १४ गते १४:२२ मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुनेमा राजावादी समूहले प्रदर्शन गरिरहेको ठाउँमा ढलेका एक युवक प्रदर्शनकारी नभएको खुलेको छ । प्रदर्शन भइरहेको ठाउँमा एक पुरुष बेहोस भएर ढलेका थिए ।

]शान्तिनगरमा ढलेका व्यक्ति प्रदर्शनकारी नभएको प्रहरीले जानकारी दिएको छ । उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रदर्शकारी नियन्त्रणका क्रममा ती व्यक्तिमाथि केही नगरिएको प्रहरीको भनाइ छ ।

उनी आफैं ढलेको ड्युटीमा रहेका प्रहरीले जनाएका छन् । केही बेरअघि उक्त क्षेत्रमा राजावादी समूह र प्रहरीबीच हानाहान भएको थियो । सोही क्रममा प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us