तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोज्ने केही राजावादी पक्राउ

काठमाण्डु टुडे २०८१ चैत १४ गते १३:३४ मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केही युवालाई प्रहरीले पक्राउ गरेको छ । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यसहितका माग गर्दै राजावादीहरू तीनकुनेमा भेला भए भएर प्रदर्शन गरीरहेका छन ।

सो क्रममा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए । निषेधित क्षेत्र तोड्न खोजेपछि केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us