
काठमाण्डू, १५ चैत– विवादित धर्मगुरु आचार्य श्रीनिवास आज (शुक्रबार) काठमाण्डूमा भएको राजावादी समूहको आन्दोलनमा सहभागी भएका छन । उनी अहिले कोणसभा हुने स्थान तिनकुने पुगेका छन् ।
श्रीनिवास यसअघि विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका थिए । उनी प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा पक्राउ परेका थिए । त्यस्तै, तिनकुनेबाट नयाँ बानेश्वरतर्फ आउन खोजेपछि राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको थियो ।
सो क्रममा केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको थियो । प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ ।