मेयर राई भन्छन्ः नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ!

काठमाण्डु टुडे २०८१ चैत १४ गते १२:४१ मा प्रकाशित

काठमाण्डू, १५ चैत– धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले राजावादी र गणतन्त्रवादीप्रति कडा कटाक्ष गरेका छन् ।

आज शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूले ढुङ्गा बोक्न आग्रह गरेका छन ।

मेयर राईले पूर्वराजा र नेताहरूले काम केही नगर्ने भन्दै टिप्पणी गरे। उनले लेखेका छन्, ‘राजा आऊ बेस्सरी पाइप तानेर जाऊ! नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ! काम चाहिँ गर्नु छैन… बात कर्ता है !’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us