मेयर राई भन्छन्ः राजा आऊ बेस्सरी पाइप तानेर जाऊ!

काठमाण्डु टुडे २०८१ चैत १४ गते १२:४० मा प्रकाशित

काठमाण्डू, १५ चैत– धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले राजावादी र गणतन्त्रवादीप्रति कडा कटाक्ष गरेका छन् ।

आज शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूले ढुङ्गा बोक्न आग्रह गरेका छन । मेयर राईले पूर्वराजा र नेताहरूले काम केही नगर्ने भन्दै टिप्पणी गरे ।

उनले लेखेका छन्, ‘राजा आऊ बेस्सरी पाइप तानेर जाऊ! नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ! काम चाहिँ गर्नु छैन… बात कर्ता है !’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us