संसदमा जवाफ दिन तयार भएनन् प्रधानमन्त्री, छलफलमा सभामुख

काठमाण्डु टुडे २०८१ चैत १४ गते ११:४१ मा प्रकाशित

काठमाण्डू, १५ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीले माग गरे अनुसार संसदमा जवाफका लागि तयार नभएको बताइएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवलयका अनुसार प्रधानमन्त्रीले जवाफका लागि तयार रहेको सूचना दिएका छैनन् ।

उनको सचिवालयले भनेको छ, ‘अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन ।’ विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै आएका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।

संसदको अवरोध खुलाउन सभामुख घिमिरेले भन पहल जारी राखेका छन् । सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

छलफल नयाँ वानेश्वरस्थित संसद भवनमा जारी छ । छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, एमालेका कुख्य सचेतक महेश बर्तौला, कांग्रेसकी सचेतक शुशिला थिङ रहेका छन् ।

विपक्षी दलहरूको तर्फबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायत उपस्थित रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us