घिसिङ र शाक्य दुवैको निवेदन न्यायाधीश मुसलमानको इजलासमा

काठमाण्डु टुडे २०८१ चैत १४ गते ११:३५ मा प्रकाशित

काठमाण्डू, १५ चैत– नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, दुवैले दायर गरेको रिट निवेदन न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको पेशी सूची अनुसार, न्यायाधीश मुसलमानको इजलासमा निवर्तमान कार्यकारी निर्देशक घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक देव शाक्यको रिट निवेदन पेशीका लागि सूचिकृत छ ।

घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौ क्रममा रहेको छ । घिसिङले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्थापनाको माग समेत गरेका छन ।

शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us