एसईई दिन आएका एक किशोरको पौडी खेल्न बूढीगण्डकीमा पसेका डुबेर मृत्यु

काठमाण्डु टुडे २०८१ चैत १३ गते १८:२९ मा प्रकाशित

काठमाण्डू, १४ चैत– गोरखामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन आएका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिस गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय गोरखाले जानकारी दिएको छ ।

एसईई दिन सोही गाउँपालिका–४ थुमी आएका उनी बुधबार साँझ बूढीगण्डकीमा पौडी खेल्न गएको खुलेको प्रहरीले जानकारी दिएको छ । ‘साँझ करिब साढे ६ बजेतिर पौडी खेल्ने क्रममा बूढीगण्डकीले बगाएछ,’ प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘खबर पाउन साथ इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनको खोजतलासमा गरेको थियो ।’

खोजतलासको क्रममा बगाएको स्थानदेखि करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेको उनले जानकारी दिएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us