
काठमाण्डू, १४ चैत– मनास्लु क्षेत्रमा पदयात्राको क्रममा एक जना नेपाली पथ प्रदर्शकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षिय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
धार्चे गाउँपालिका–३ खोर्लाबेंशीस्थित खोला किनारमा हिँड्ने क्रममा अचानक ढलेपछि उपचारका लागि उनलाई धार्चे जिल्ला आधारभूत अस्पताल लगिएको थियो । उनी आईएनएफओ नेपाल ट्रेकिङ एजेन्सीमार्फत अमेरिकी नागरिकको गाइडका रूपमा आएका रहेछन्,’ डीएसपी इन्द्रप्रसाद सुवेदीले भने ।
टाउकोमा गहिरो चोट लागेका शेर्पाको उपचारको क्रममा बिहीबार बिहान साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।