गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत १२ गते १६:१८ मा प्रकाशित

काठमाण्डू, १३ चैत– गुल्मीमा बाँदर धपाउन राखिएको विद्युतीय तारमा परेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–७ पल्टार निवासी ६० वर्षकी चन्द्रकला कुमाल रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।

मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारीमा बाँदर भगाउन राखेको विद्युतीय तारमा पर्दा चन्द्रकला घाइते भएकी थिइन् । करेन्ट लागेर घाइते कुमालको लुम्बिनी वामी हस्पिटलमा मृत्यु भएको मृत्यु भएको गुल्मीका एसपी राजन भुजेलले जानकारी दिएका छन ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमान्डमा प्रहरी खटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us