काठमाण्डू, १३ चैत– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा आज (बुधबार) पनि बिरोध प्रदर्शन भईरहेको छ । आज स्वतन्त्र युवाहरू रत्नपार्क प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा केही बेर प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी नै परेको प्रहरीले बताएको छ । नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । उनको स्थानमा नियुक्त गरिएका हितेन्द्रदेव शाक्यले मंगलबार पदभार ग्रहण गरिसकेका छन् ।