जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ

काठमाण्डु टुडे २०८१ चैत १२ गते १४:१७ मा प्रकाशित

काठमाण्डू, १३ चैत– जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरीको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिल बोहराले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us