विदुर र बोलकोटगढी पालिका काठमाण्डू सम्पर्क मञ्चले संयुक्त रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने

काठमाण्डु टुडे २०८१ चैत १२ गते १४:१२ मा प्रकाशित

 काठमाण्डू, १३ चैत– एमालेको पालिका सम्पर्क मञ्च अन्तर्गत नुवाकोटको विदुर र बोलकोटगढी पालिका काठमाण्डू सम्पर्क मञ्चले यहि १६ चैतमा संयुक्त रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

काठमाण्डूको गोगंबु चेकमा बिहान ११ बेजबाट सुरु भएर २ बजे सम्म रक्तदान कार्यक्रम सञ्चालन हुने विदुर–काठमाण्डू पालिका सम्पर्क मञ्चले जानकारी दिएको छ ।

एमालेको ‘जरा केन्द्रित’ अभियान अन्तर्गत ‘रक्तदान जीवनदान’ भन्ने मुल नारका साथा उक्त रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको हो । नेपाल रेडक्रस सोसाइटी सँगको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको हो । उक्त रक्तदान कार्यक्रममा जो–कोहि सहभागी हुन सक्ने छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us