
काठमाण्डू, १३ चैत– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक आधा घण्टा स्थगित भए पनि अझै सुरु हुन सकेन । बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो ।
बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको विरोधका कारण स्थगित बैठक पुनः सुरु हुनमा सकेको छैन । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफको माग गरेका छन ।
प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको भनाइ छ । तर, सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सूचना दिनुपर्ने भनेर बुधबारको बैठक चलाउने वातावरणका लागि आग्रह गरिरहेका छन ।