बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी, उपेन्द्र यादव पनि सहभागी

काठमाण्डु टुडे २०८१ चैत १२ गते १२:२५ मा प्रकाशित

काठमाण्डू, १३ चैत– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता घटक दलहरुको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव,जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

बैठकमा भूमिसम्बन्धि अध्यादेशसहित विचाराधीन विधेयकहरूका बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । यसअघि मंगलबारको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नहुँदा एजेन्डामै बैठक प्रवेश गर्न सकेको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us