
काठमाण्डू, १३ चैत– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठक प्रतिपक्षी दलहरुको अवरोधको कारण आधा घण्टको लागि स्थगित गरीएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे सरकारले दिनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदन सुरु गर्नेवित्तिकै विपक्षी दलहरूले उठेर अवरोध जनाएका थिए । सभामुख घिमिरेले पटक–पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसद्हरू बसेनन् ।
त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् । विपक्षी दलहरूको तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसद्मा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने समेत बताएका थिए ।