
काठमाण्डू, १२ फागुन– नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।
शाक्यले मंगलबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
सोमबार बसेको कन्त्रिपरिषद बैठकले कुलमान घिसिठकले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णय प्रमाणीकरण भएर नियुक्तिपत्र प्राप्त हुनासाथ शाक्यले पदभार ग्रहण गरेका हुन् ।