
काठमाण्डू, १२ फागुन– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयप्रति आपत्ति जनाएको छ ।
सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै घिसिङलाई हटाइनु इमान र निष्ठाताथ काम गर्ने कुशल प्रशासकमाथि मनोवैज्ञानिक त्रास फैलाउन चालिएको कदम भएको बताएका छन् । उनेल बिचौलिया र दलालहरूको स्वार्थमा सरकारले कुलमान हटाएको आरोप लगाए ।
‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक छ’, सापकोटाले भनेका छन्, ‘विचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो ।’
मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको थियो ।