जब मोदी कुलमानका पक्षमा खुले…

काठमाण्डु टुडे २०८१ चैत ११ गते १७:५५ मा प्रकाशित

काठमाण्डू, १२ चैत– हिजो (सोमबार) साझ बसेको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयले संसद्को सार्वजनिक लेखा समितिमा चर्काचर्की भएको छ ।

नेकपा माओवादी सांसद अमनलाल मोदीले उक्त विषयमा सुरुमै बोल्न चाहेका थिए, तर सत्तारुढ सांसदहरूले प्रतिवाद गरेका थिए । सत्ता पक्षका सांसदहरूले सुरुमा बोल्न नमिल्ने भन्दै आफ्नो पालामा मात्र बोल्न भनेपछि दुई पक्षबीच चर्काचर्की परेको स्रोतले जानकारी दिएको छ ।

सत्तारुढ दलका सांसद तारा लामा तामाङ, रामकृष्ण यादव, मञ्जु खाण, मोहन बस्नेत लगायतका सांसदहरूले मोदीको भनाइको विरोध गरे । सुरुमै सभापति ऋषिकेश पोखरेल र मोदीबीच भनाभन भएको थियो । मोदीलाई भने रास्वपाका सांसद मनिष झा र हरी ढकालले साथ दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us