
काठमाण्डू, १२ चैत– नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग (वाइसीएल) अध्यक्ष सुबोध श्रीपाइलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर सरकारले मुलुकलाई फेरि उज्यालोबाट अँध्यारो युगतर्फतर्फ फर्काउन खोजेको आरोप लगाएका छन् ।
घिसिङको बर्खास्तीविरुद्ध माओवादी सम्वद्ध जनर्वीय संगठनहरुले काठमाण्डूको नयाँबानेश्वरमा गरेको विरोध प्रदर्शनमा बोल्दै श्रीपाइलीले २४ घण्टाभित्र बर्खास्तीसम्बन्धी निर्णय नउल्ट्याए प्रधानमन्त्री केपी ओली र मन्त्रीहरु सहभागी कार्यक्रम बहिस्कार गर्ने र उनीहरुलाई कालोझण्डा देखाइने बताए ।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र कुलमान मिलेर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको भन्दै उनले सरकारको निर्णयले उज्यालो चाहने जनता र आफूहरुको मन दुःखुको बताए ।
उनले कुलमान बर्खास्तीसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्कालाई एक साताभित्र नेपाल स्काउटको जग भाडाको रकम बुझाउन अल्टिमेटम दिए ।
अन्यथा उनको घरमा डोजर लगाउने धम्की श्रीपाइलीको छ । ‘यो बर्खास्ती कुलमान घिससको होइन, नेपाललाई उज्यालो बनाउने र उज्यालो चाहनेहरुको बर्खास्ती हो’, उनले भने, ‘ऊर्जामन्त्री दीपक खड्कालाई भन्न चाहन्छु । एक हप्ताभित्र स्काउटलाई जग्गा भाडाको रकम बुझाउनु भएन भने तपाईंको घरमा वाइसीएलले जोडर लगाउँछ । तपाईंलाई संरक्षण गर्ने गर्ने केपी ओली, तपाईंलाई संरक्षण गर्ने देउवा र मन्त्रिपरिषदमा कुलमान हटाउनुपर्छ भन्ने आरजु राणालाई हाम्रा चेलीहरुले चुल्ठो समातेर बानेश्वर चोक कटाउनुपर्ने हुन्छ ।’
उनले उज्यालो भइसकेको नेपाल नेपाललाई अन्धारमा फर्काउने काममा सरकार लागेको भन्दै त्यो सफल हुन नदिइने उल्लेख गरे ।
श्रीपाइलीले देश प्रधानमन्त्री ओली र आरजु राणालाई कमिसन बुझाउने बिचौलिया, भ्रष्ट, तस्कर र दलालहरुले चलाइरहेको आरोप लगाए ।
‘देश ओली र आरजु राणालाई कमिसन बुझाउने घुसखोर, दलाल, तस्कर, बिचौलिया, भ्रष्टाचारी र तस्करहरुले चलाएका छन्’, भ्रष्ट र तस्कहरु सरकारको गेटमा होइन, जेलमा जाने हो ।’
संविधान र प्रणालीमा बसेर मुलुक नचलाउने ओलीको नागरिकता खारेज गर्ने दिन आउने चेतावनी पनि उनले दिए ।