बालेनले मदिराको तालमा टुकुचामा गाड्ने धम्की दिएको एमालेको आरोप, कानूनी कठघरामा उभ्याउन माग

काठमाण्डु टुडे २०८१ चैत ११ गते १६:२६ मा प्रकाशित

काठमाण्डू, १२ चैत– सत्ता घटक दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको काठमाण्डू महानगर कमिटीले महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले हिजो (सोमबार) राति मदिरा सेवन गरेको स्टाटस लेखेको भन्दै अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मयर बालेनलाई कानूनी कठघरामा उभ्याउन सरोकारवाला निकायसँग संघले विज्ञप्तिमार्फत माग गरेको छ ।

अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै बालेनले लेखेको स्टाटस ‘‘टुकुचामा गाड्छु‘’ भन्ने अभिव्यक्तिप्रति युवा संघ महानगर कमिटीको ध्यानाकर्षण भएको जनाएका छन् ।

‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिकसञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभियव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन सचेत गराउँछौ’, विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us