कुलमानलाई हटाएको विरोधमा प्रदर्शनः बानेश्वरमा धकेलाधकेल

काठमाण्डु टुडे २०८१ चैत ११ गते १५:२१ मा प्रकाशित

काठमाण्डू, १२ चैत– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङलाई पदबाट निकालिएको विरोधमा निकालिएको प्रदर्शनका क्रममा नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरीबिच धकेलाधकेलको अवस्था सिर्जना भएको छ ।

बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्ने क्रममा प्रहरी र प्रर्दशनकारीबिच धकेलाधकेल भएको हो । दर्जनौँको संख्यामा रहेका प्रदर्शनकारीले ब्यारिकेड तोड्न खोजेपछि धकेलाधकेल भएको हो । उनीहरूले मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै विरोध प्रर्दशनमा उत्रिएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us