माइतीघरमा नाराः कता हिँडेको बिजुली मारेर, कुलमान फालेर

काठमाण्डु टुडे २०८१ चैत ११ गते १३:४९ मा प्रकाशित

काठमाण्डू, १२ चैत– हिजो सोमबार साझ बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गर्यो ।

त्यसको विरोधमा आज (मंगलबार) माइतीघर मण्डलमा प्रदर्शन भएको छ। मंगलबार दिउँसो कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरैु जस्ता नारा लेखिएको प्ला कार्डसहित प्रदर्शन भएको हो ।

मन्त्रिपरिषदको सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । यो निर्णयलाई लिएर सत्तारूढ नेपाली कांग्रेसकै कतिपय मन्त्री र नेताहरूले समेत विरोध गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us