डेढ करोड बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

काठमाण्डु टुडे २०८१ चैत ११ गते १२:५५ मा प्रकाशित

काठमाण्डू, १२ चैत– प्रहरीले करिब डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–३१ का ४० वर्षीय विजय लम्साल रहेका छन ।

उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । खगेन्द्रबहादुर सोपले उनीविरुद्ध बैंकिङ कसुरको जाहेरी दिएका थिए ।

उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा १ करोढ ४९ लाख ५० हजार रुपैयाँ बराबरका चार वटा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us