एमसीसी रोक्न नेकपाले अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्ने

काठमाण्डु टुडे २०८१ चैत १० गते १७:०७ मा प्रकाशित

काठमाण्डू, ११ चैत– विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई पत्रचार गर्ने तयारी गरेको छ । आज (सोमबार) एमसीसी सरोकार समितिको तर्फबाट विज्ञप्ति जारी गर्दै पार्टीले पत्रचार गर्ने जानकारी गराएको हो । ट्रम्प राष्ट्रपति भए लगत्तै ९० दिनको लागि अमेरिकाले एमसीसी परियोजना अन्तर्गतको सहयोग रोकेको थियो ।

तर एमसीसीका केही परियोजनालाई निरन्तरता दिने घोषणा गरेपछि नेकपाले यस्तो निर्णय गरेको हो । सोमबार समितिको तर्फबबाट भरत सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी यथास्थितिमा एमसीसी लागु नगर्न र नयाँ राष्ट्रिय सहमति कायम गरि नेपालको संविधान–कानुन मातहत रहने सुनिश्चितता गरेर मात्रै अघि बढ्न नेपाल सरकार र सम्बन्धित पक्षसंग हार्दिक अनुरोध गर्दछौं ।

अन्यथा नयाँ स्तरको जनआन्दोलनद्वारा एमसीसी र त्यस्का पक्षधरहरु बढारिनेछन् । अन्त्यमा, एमसीसी सरोकार समितिको तर्फबाट एमसीसी रोक्न अमेरिकी राष्ट्रपतिलाई पत्राचार गरिने पनि जानकारी गराइन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us