काठमाण्डूको चन्द्रागिरि नगरपालिकामा दिनदहाडै लौखौँको चोरी

काठमाण्डु टुडे २०८१ चैत १० गते १९:४४ मा प्रकाशित

काठमाण्डू, ११ चैत– काठमाण्डूको चन्द्रागिरि नगरपालिका–१२ मा आइतबार दिउँसो चोरी भएको छ । टयार्चाटोल बस्ने तेजनारायण गैरेको घरमा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

चोरले नगद १ लाख रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १७ लाख ९९ हजार ८ सय रुपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us