
काठमाण्डू, ११ चैत– प्रहरीले पर्वतबाट १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–९ बनौ घर भएर कुस्मा बस्ने १९ वर्षीया बिजय फगामी मगर रहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ ।
उनले पीडितलाई मंसिर ३ मा बलात्कार गरेको आरोप रहेको प्रहरीले जनाएको छ । आइतबार पक्राउ गरेर आरोपीमाथी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।