एसईई परीक्षा हलबाट चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद

काठमाण्डु टुडे २०८१ चैत ९ गते १७:२७ मा प्रकाशित

काठमाण्डू, १० चैत– रौतहटमा चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद गरीएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तरगत आइतबारको परीक्षामा जिल्लाभरका विभिन्न केन्द्रबाट सो परिमाणमा मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिएका छन ।

उनका अनुसार परीक्षार्थीहरूले आफ्नो शरीरमा मोबाइल लुकाई छिपाई परीक्षा हलभित्र प्रवेश गराएकोमा चेकजाँचको क्रममा सो मोबाइल बरामद भएको गरीएको हो ।

यसैगरी परीक्षा निरीक्षकको रूपमा खटी परीक्षा हलभित्र मोबाइल पास गराउने, परीक्षार्थीहरुलाई चिट चोर्न मद्दत गर्ने र प्रश्नपत्रमा भएको प्रश्नको उत्तर बोलेर लेखाई दिई परीक्षाको मर्यादा भङ्ग गर्ने २ जना गार्डहरू समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us