८४० ट्याबलेट ट्रामाडोलसहित काठमाण्डूबाट एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ चैत ९ गते १६:३१ मा प्रकाशित

काठमाण्डू, १० चैत– प्रहरीले काठमाण्डूबाट ८४० ट्याबलेट लागूऔषध ट्रामाडोलसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर बोडे डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय दावा छिरिङ स्याङ्तान रहेका छन ।

काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बजारबाट ट्रामाडोल ८४० ट्याब्लेट सहित प्रहरीले उनलाई शनिबार पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेर घटनाबारे आवाश्यक अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us