गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत ९ गते १२:३४ मा प्रकाशित

काठमाण्डू, १० चैत– गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउपालिका–६ कल्लेरीका २७ वर्षीय हरि बिक रहेको जिल्ला प्रहरी कार्यलय गोरखाले जानकारी दिएको छ ।

डिस्क होम फाइबर नेटको काम गर्न बिजुली पोल चढेका बेला करेन्ट लागेर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘आइतबार बिहान करिब साढे सात बजे गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गास्थित बिजुली पोलमा नेटको तार मिलाउन चढ्दा एक्कासी पोलमा करेन्ट आएछ’, प्रहरी निरीक्षक ध्रुव शर्माले भने, ‘करेन्ट लागेर ढलेका उनलाई गोरखा अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।’ घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us