काठमाण्डू, १० चैत– दैलेखमा दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–६, का १८ वर्षीय गगन खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।
हिजो (शनिबार) साँझ गोठमा भैँसी बाँध्ने क्रममा नजिकै चट्याङ खसेर उनी घाइते भएका थिए । उपचारका क्रममा दुल्लु अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनी चैत्र १२ गते हुने विज्ञान विषयको मात्र एसइई ग्रेडबृद्धी परीक्षाको तयारी गरिरहेका थिए ।