पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौंः ऊर्जामन्त्री खड्का

काठमाण्डु टुडे २०८१ चैत ८ गते १९:२९ मा प्रकाशित

काठमाण्डू, ९ चैत– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्न सकिने दाबी गरेका छन । आज शनिबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा मन्त्री खड्काले यस्तो बताएका हुन ।

उर्जा मन्त्री खड्काले पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता भएको पनि बताएका छन । उनले पानी दैनिक जीवनको मात्र नभइ आर्थिक समृद्धिको वाहक भएको बताउँदै उनले पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको पनि बताएका छन ।

उर्जा मन्त्री खड्काले भने, ‘पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता हो । यसको सही उपयोग गर्नु आजको आवश्यकता हो । यो एउटा स्रोत पनि हो ।

दैनिकी जीवनमा मात्रै होइन, मुलुकको आर्थिक समृद्धिका लागि पनि यो स्रोत अत्यन्त ठूलो अत्यन्त ठूलो उपयोगी छ, ‘खासगरी नेपालका लागि त क्रान्तिकारी आर्थिक समृद्धिकोतर्फ पानीको प्रयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्य लिएर अघि बढिरहेका छौँ ।’ ऊर्जामन्त्री खड्काले जलस्रोतहरू नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड भएको पनि बताएका छन ।

मन्त्री खड्काले बेमौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको र त्यसले जलस्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौति उत्पन्न गरेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us