काठमाण्डू, ९ चैत– आज (शनिबार) पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गोरखपुर मन्दिरमा पूजा अर्चना गरेका छन् । आज बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेका थिए । त्यहाँ उनलाई मन्दिरका पूजारीहरूले स्वागत गरे ।
पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरेको उनको सचिवालयले जानकारी दिएको छ । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ ।
उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ । इतिहासहरुमा गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको पढ्न पाइन्छ ।