‘शिक्षा’ शक्तिशाली साधन होः गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ चैत ८ गते १५:०६ मा प्रकाशित

काठमाण्डू, ९ चैत– गृहमन्त्री रमेश लेखकले शिक्षा शक्तिशाली साधन भएको दाबी गरेका छन । आज शनिबार नवलपरासीको गैडाकोटस्थित वेस्टर्न एडभान्स कलेजको शैक्षिक भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।

उनले शिक्षा शक्तिशाली साधन भएकाले समाजको रूपान्तरणमा यसले महत्वपूर्ण भुमिका खेल्ने पनि बताएका छन । गृहमन्त्री लेखकले समाज रुपान्तरणमा विश्वविद्यालयको शैक्षिक र सामाजिक योगदान अझ प्रभावकारी बन्ने सम्भावनाहरू पक्का भएका छन् ।

उनले कलेजको नयाँ भवन शिलन्यासले शिक्षाको स्तरलाई अझ उच्च बनाउने र अध्ययनरत विद्यार्थीहरूलाई आधुनिक शिक्षा र वैज्ञानिक सोचमा आधारित अध्ययनको अवसर उपलब्ध हुने पनि बताएका छन ।

गृहमन्त्री लेखकले भने, कलेजले शैक्षिक ढाँचालाई मात्र अघि बढाउन मद्दत गर्नुका साथै यहाँका समुदायहरूको समग्र समृद्धिका लागि नयाँ बाटो खोल्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us